काठमाडौँ, ४ कार्तिक । रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।
कालो सूचीमा नाम कायम रहेका व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने पनि इजलासको आदेशमा उल्लेख छ ।निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कार्तिक २ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन भनेको थियो । सो सम्बन्धी मुद्दा कात्तिक २ मा हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे