
काठमाडौँ , १९ भाद्र | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।आईतबारको प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै लिङदेनले सांसद पद त्यागेको घोषणा गरेका हुन ।साथै आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह समेत गरे ।
संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय उनले बताए ।उनले भने ,‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदै । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’
आगामी निर्वाचनपछि बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे