
काठमाडौं — नेकपा ९एमाले०को उपमहासचिव पदका उम्मेदवार तथा प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। हाल एमालेको प्रचारप्रसार विभागको नेतृत्व सम्हालेका गौतमले ११औँ राष्ट्रिय महाधिवेशनमा दिएको स्वतन्त्र उम्मेदवारी आज बिहान सामाजिक सञ्जालमार्फत फिर्ता लिएको जानकारी दिएका छन्।
गौतमले पार्टी भित्रको चौतर्फी घेराबन्दी र आक्रमणका बीच पार्टी र नेतृत्वको सुरक्षा तथा एकताका लागि उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले ओली प्यानलको सिंगो टिमलाई विजय गराउन अपील गर्दै भने, “पार्टीको ११औँ महाधिवेशनको चौथो दिनमा, राष्ट्रिय संकट र चुनौतीका बाबजुद जनताले देखाएको अपार सहभागिता र समर्थनप्रति रेड स्यालुट गर्दै मैले पार्टी नेतृत्वको सुझावअनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको छु।”
गौतमले आफ्नो निर्णय बृहत्तर पार्टी एकताको हितमा लिएको स्पष्ट पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे