
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा. शेखर कोइरालालाई खुलेर प्रश्न गरेका छन्। बुधबार फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा मिश्रले कोइरालाको राजनीतिक निर्णय क्षमता र नेतृत्वबारे शंका व्यक्त गरेका छन्। देशको अवस्था नाजुक रहेको समयमा कोइरालाले केवल पद र व्यक्तिगत चिन्तनमा अल्झेर बस्ने कि देशको भलाइलाई प्राथमिकता दिने भन्ने प्रश्न उठाएका छन्। उनले कोइरालाले वीपी कोइरालाबाट सिकेको “देशलाई पदभन्दा माथि राख्ने राजनीति” अभ्यासमा ल्याउने कि नल्याउने भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका छन्।
मिश्रको ९ बुँदे पत्र
डा। शेखर कोइरालालाई
अलि खरो ९(बुँदे खुलापत्र)
पहिले, उहाँको भनाइ( देशलाई अभिभावकको खाँचो छ।
( देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ।
( राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।
( प्रजातन्त्ररलोकतन्त्र छाडातन्त्रु भइसकेको छ।
अब मेरो अलि खरो पत्रस्
पत्रको शुरू नै यसरी गरौँ (( देशको अवस्था त्यति खराब छ भने, तपाईँ गर्न सक्नेू ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएकोरु
कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँ समेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमैँ प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न।
१( वीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाईरु के वीपीले त्यही सिकाएका थिए तपाईँलाईरु ३विचारभन्दामाथिदेश लाई राखेका होइन, वीपीले ?
२( चुनावमा नयाँ(नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री१ सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो। तपाईँचाहिँ आकाशको फलु हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।
३( वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, यो, यो, यो कारणले देश र काँग्रेसलाई वीपीपथु मा लैजानै पर्ने भयो भन्नुस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ।
४( प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापतिरप्रधानमन्त्री बन्न पाउँलारनपाउँला भनेर सोच्न छोडिदिनोस्।
५( छिमेकीले पनि जेन(जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ मैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ नि भन्दै लुरूक्क परेर ३ मार्गपरिवर्तन गर्ने होला, होइन
६( यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छरु यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको मायाँरु
७( देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ१
८( देश ३नवीसमझदारी मा जाने लगभग निश्चित छ। गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ, ३अस्तित्वकोसंकट मैँ जाने हो। त्यसैले, ठूलो, र वीपीको दलको नाताले ३नवीनसमझदारी को नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्१ विराटनगर गएर के सोचेँ मैले, के भयो अहिले भनेर गीत गाएर बस्नोस्।
९( कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।
यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा१
तपाईँको शुभचिन्तक
रवीन्द्र मिश्र
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे