
काठमाडौँ ,१४ असोज | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनी २०७४ मा पनि उनले क्षेत्र नम्बर १ बाट उम्मेदवार दिएका थिए ।उनले नेता सिंहसँग थोरै मतले मात्र पराजित भएका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।
आजको कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा। प्रकाशचन्द्र लोहनी पनि उपस्थित भए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे