
काठमाडौँ , जेठ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा ० का सभापति रवि लामिछानेको थुनामुक्त गराउने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट आज सुनुवाइ नहुने भएको छ । मंगलबार ‘हेर्दाहेर्दैमा’ राखिएको लामिछानेको निवेदनमा आज सुनुवाइ नहुने भएको हो । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। उनले आफूलाई थुनामा नराख्नुपर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए। तर, यसअघि उनका रिट छ पटकसम्म हेर्न नमिल्नेु न्यायाधीशहरूको इजलासमा परेका कारण सुनुवाइ हुन सकेको थिएन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे