नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (३ साल अघि)
बालेनको निर्यणप्रति करिश्माको प्रश्न,आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?
1,496 Views
काठमाडौं | काठमाडौं महानगरपालिकाले हैजा संक्रमणबाट जोगिनका लागि भन्दै एउटा निर्णय गरेको थियो। सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् ।
सोही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।करिश्माले महानगर सफा हुनुपर्छ , बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन तर गरीबले पनि गरि खान पाउँन पर्छ भनेकि छिन्र ।
तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन ।
हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो उनी लेख्छिन ।
उनी थप लेख्छिन्र “आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ?
ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो” ।