
काठमाडौं, ४ भाद्र । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको इ-स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो कार्यालय न्युरोड बाट पुतलीसडकमा स्थानान्तर गरेको छ।
काठमाडौंको पुतलीसडकमा (पुरानो सेन्चुरी बैक सँगै) यही अगस्ट २७ तारिख आइतबार नयाँ अफिस समुद्घाटन गर्ने भएको छ। नयाँ अफिस समुद्घाटनको अवसरमा विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक हरूको उपस्थितीमा कार्यक्रम आयोजना हुन गइरहेको संस्थाका मेनेजीङ डाइरेक्टर साकार जंग शाहीले जानकारी गराउनु भयो। उक्त अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा बिषेश छुट प्रदान हुने कम्पनीले जनाएको छ ।
विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि सेलीब्रेसन अफरको विशेष छुट प्रस्तुत गरेको छ। आर्टीफीसीयल इन्टीलीजेन्स् इन्भारमेन्टमा इन्टरनेशनल ग्याजुएट, सेल्टा सर्टिफाइड र एक्सप्रेरीएन्स टीम द्वारा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके र इन्डीया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको र परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट प्रिपेसन कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।
टेष्ट प्रिपेसनमा IELTS, PTE, TOEFL, SAT, GRE, GMAT को तयारी कक्षा सञ्चालन गरीरहेको छ भने पिआइइआर, आइसिइएफ, आर इ सि आर जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि इ-स्पट इन्टरनेशनल रिकग्नाइज संस्था हो। साथै यस संस्थाका मेनेजीङ डाइरेक्टर साकार जंग शाही अस्ट्रेलियामा मक्वाइरी युनिभर्सिटी बाट ब्याचलर इन एकाउन्टीङ एण्ड फाइनान्स र युकेबाट युनिभर्सिटी अफ क्याम्ब्रीज बाट मास्टर्स इन इन्टरनेशनल लिगल स्टडीज – माइग्रेसन ल सकी सक्नु भएको छ।
साथै गुजरातमा अवस्थित स्वर्णीम युनिभर्सिटीको डाइरेक्टर समेत हुनुहुन्छ। इ-स्पट इन्टरनेशनलले अब्रड स्टडीमा हजारौ बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरीसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे