
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी भित्रको विवाद र असहजतालाई समाप्त गर्न सबैलाई आग्रह गरेका छन्। उनले भने कि पार्टीमा एकताको लागि सबै सदस्य, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश–जिल्ला–वडा तहका जिम्मेवारहरू, भ्रातृ संगठन र सहयोगी सबैले कुनै पनि गतिविधि नगर्नु पर्छ जसले पार्टी एकतालाई कमजोर बनाउँछ।
खड्काले सबैसँग हार्दिक अनुरोध गर्दै भने, “देशको वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राख्दै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई तुरुन्तै अन्त्य गर्न जरूरी छ। सबै मिलेर पार्टीमा पूर्ण एकताको साथ अघि बढौं।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे