
काठमाडौं, चैत २८। पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ९५ हजार २०० कित्ता साधारण शेयर सार्वजनिक रूपमा निष्काशन गर्दैछ।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी भइसकेको र त्यसको बाँडफाँट सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ। सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ बैशाख २ गतेसम्म खुला रहनेछ, तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद बैशाख ११ गतेसम्म लम्ब्याइनेछ।
कम्पनीले क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट ‘CARE NP Double B Plus’ को रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। पियोर इनर्जी लिमिटेडले १०–१० मेगावाट क्षमताका दुई सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले सि-आस्बा प्रणाली प्रयोग गरी ‘मेरो शेयर’ पोर्टल वा आफूसम्बद्ध बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे