काठमाडौँ, २२ असार । सरकारले आउँदो आइतवा सार्वजनिक बिदा दिने भएको छ । गुह मन्त्रालयले आज एक सुचना जारी गर्दै २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
हरेक वर्ष दिइँदै आएको बिदा यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे