
काठमाडौँ , २९ कात्तिक | मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सरकारले मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मतदानस्थल रहेका विद्यालयहरूमा चार दिन बिदा दिने र सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।
गृह मन्त्रालयले आज एक विज्ञप्तिपत्र जारी गरेर यस विषयमा जानकारी दिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे