
काठमाडौँ, ३० चैत । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट जात्राको अवसरमा मध्यपुर थिमी नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने भएको छ।
नगरपालिकाले बिस्केट (बिस्काः) जात्राको अवसरमा चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका निर्देशक तथा महाशाखा प्रमुख केशव सिलवाले एक सुचना प्रकाशित गर्दै चैत ३० गते बिहीबार र वैशाख ३ गते बिदा दिने निर्णय गरिएको हो। वैशाख १ गते नयाँ वर्षका अवसरमा संघीय सरकारले नै बिदा दिएको छ। वैशाख २ गते शनिबार परेको छ।
मध्यपुर थिमीमा हरेक नयाँ वर्ष अघि चैत ३० मा बिस्केट जात्रा सुरु हुन्छ। वैशाख १ गते ३२ खट जात्रा भव्यरूपमा सुरु हुन्छ । बैशाख २ गते विहान बालकुमारी परिसर लगायत थिमिको विभिन्न स्थानमा सिन्दुर जात्रा मनाएर दिउँसो बोडेमा जिब्रो छेड्ने परम्परा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे