
काभ्रेपलाञ्चोक। २०२५ मे २५ मा काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस (KUSMS) को आयोजनामा, धुलिखेल अस्पताल र नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थ (NIPH) को सहकार्यमा, नेपालका सार्वजनिक स्वास्थ्य सम्बन्धी शैक्षिक संस्थाहरूको साझा संस्था CAIPHEN अन्तर्गत “पब्लिक हेल्थ स्टुडेन्ट्स कन्फरेन्स २०२५” सम्पन्न भयो।
कार्यक्रमले नेपालभरिका सार्वजनिक स्वास्थ्यका विद्यार्थीहरूका लागि विचार विमर्श, अनुभव आदान–प्रदान र नवप्रवर्तनको उत्कृष्ट मञ्चको रूपमा काम गर्यो। सम्मेलनमा सार्वजनिक स्वास्थ्यका वर्तमान चुनौतीहरू, समाधानका सम्भावना र भावी नेतृत्वका सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो। विचारशील संवाद, सामूहिक आकांक्षा र नवीनतम विचारहरूले भरिएको यो दिनले समृद्ध र स्वस्थ भविष्य निर्माणतर्फ विद्यार्थीहरूलाई उत्प्रेरित गरेको आयोजकहरूले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे