
काठमाडौँ ,१९ साउन |जापानी भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लागेको छ ।आज बसेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो निर्णय गरेको हो । एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउन लागिएको हो ।कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा जापान पठाउन लागिएको हो
मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल सदस्य रहेका छन् । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।कोरोना महामारीका कारण अड्किएको यो प्रक्रिया आजको बैठकले छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे