
काठमान्डौ -सरकारले नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बढुवा समितिको सिफारिसमा परेका ५ डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो।
डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन्।
नेपाल प्रहरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्। जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे