
बर्दिया । ठाकुरबाबा नगरपालिकामा युरोपियन युनियनको सहकार्यमा सञ्चालित विभिन्न परियोजनाहरूसँग सम्बन्धित अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख श्री तिलकराम लम्सालज्यूको अध्यक्षता र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत श्री वेरोनिक लोरेन्जो ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको अवसरमा उपप्रमुख श्री विना कुमारी भट्टराईज्यूले युरोपियन युनियनको सहकार्यमा सञ्चालन भएका विभिन्न परियोजनाहरूका कार्य, उपलब्धिहरू, महत्त्व र समुदायमा पारेका सकारात्मक प्रभावहरूको बारेमा ठाकुरबाबा नगरपालिकाको तर्फबाट विस्तृत प्रस्तुति प्रस्तुत गर्नुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे