
काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ र १४ गते समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न लागेका छन् । समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलले न्यूनतम ११ र अधिकतम ११० उम्मेदवारको नाम पेस गर्नुपर्ने छ । सूचीमा समावेशी समूहको प्रतिशतअनुसार आदिवासी, खस आर्य, थारू, दलित, मुस्लिम र मधेशी समूहका उम्मेदवार समावेश गर्नुपर्ने छ ।
उदाहरणका लागि, ११ उम्मेदवारको सूचीमा आदिवासी, खस आर्य तीनरतीन जना, थारू, मुस्लिम र दलित एकरएक जना, मधेशी दुई जना राख्नुपर्नेछ । ११० उम्मेदवारको सूचीमा ३२ आदिवासी, ३३ खस आर्य, सात थारू, १३ दलित, १६ मधेशी र ५२ महिला उम्मेदवार समावेश हुनुपर्नेछ।
दलले सूची पेस गर्दा केन्द्रीय समितिको निर्णय, मतदाता नामावली, नागरिकता, प्रमाणित कपी र मञ्जुरीपत्र आवश्यक पर्छ । आयोगले सूची छानबिन गरी आवश्यक परिमार्जन गराउनेछ। पुस २८ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। माघ २० गते अन्तिम नामावली प्रकाशित हुने र फागुन २१ गते मतदान हुने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे