
काठमाडौं – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आन्दोलन हिंसात्मक बनेपछि मानसिक र संगठनात्मक धक्का व्यहोरेका राजावादी समूहहरू आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन थाल्ने निर्णयमा पुगेका छन्। आन्दोलन गणतन्त्र दिवसकै दिन सुरु गर्ने योजना बनाइएको छ।
उनीहरूले आन्दोलनको नेतृत्व नवराज सुवेदीले गर्ने सहमति गरेका छन्। सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमा आबद्ध विभिन्न राजावादी दल र समूहहरू एक ठाउँमा भेला भएर यस्तो निर्णय गरेका हुन्।
स्रोतहरूका अनुसार, संयुक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे समेत सहभागी भएका थिए। ती नेताहरूले सुवेदीलाई साझा नेतृत्वका रूपमा स्वीकार गर्दै आन्दोलनमा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्ने निर्णयमा पुगेका उनीहरूले लोकतान्त्रिक अभ्यास र शान्तिपूर्ण प्रदर्शनको मार्ग अवलम्बन गर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे