
काठमाडौँ । ब्यवसायी तथा बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार पाएका छन् ।
शनिबार तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई सुनको लौरो उपहार प्रदान गरेका हुन्।
श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए ।
दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएका हुन् । राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको पनि बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे