
नेपालको हित र अमेरिका , चीनको भूराजनीतिक चेपुवाबाट जोगिन एमसीसी स्वीकार गर्नपने प्रधानमन्त्री शेरबहादुर देउवाले बाताउनुभयो। एमसीसीका विषयमा भएको अन्योलले देशलाई घाटा हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई संसद्बाट अविलम्ब पारित गराउन प्रतिबद्ध देखिएका छन् । तर सहयात्री माओवादी केन्द्र र एकीकृत समाजवादीले भने सहमतिबिना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् । एमसीसीबारे अध्ययन गर्न गठबन्धनका सदस्य समेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले भने सहमतिबिना एमसीसी सम्झौता अगाडि बढाइए’ आफूहरू गठबन्धनमा रहने सम्भावना कम रहेको संकेत गरेका छन् । ‘संविधान, लोकतन्त्रको रक्षाका निम्ति बनेको यस गठबन्धनको एकतालाई अझ सुदृढ गर्न आवश्यक छ । तर एमसीसी यथास्थितिमा टेबल गर्न वा पारित गर्न सकिँदैन, हाम्रा लागि राष्ट्रिय हित नै सर्वोपरि हुन्छ ।जबर्जस्ती एमसीसी अगाडि बढाउन खोजे गठबन्धनमा समस्या आउन सक्ने नेता झलनाथ खनालले भनृभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे