
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रचारको अन्तिम दिन आज (मंगलवार) सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले विभिन्न ठाउँमा चुनावी सभा आयोजना गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेलधुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्दका अनुसार अब प्रधानमन्त्री मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ ।प्रधानमन्त्री देउवाले आज डडेलधुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ ।वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे