
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभाको बैठकमा नेपालको अति कम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी विषयमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, आज अपराह्न बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अध्ययन प्रतिवेदनमा उठेका प्रश्न र छलफलका विषयमा जवाफसहित सम्बोधन गर्नुहुनेछ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने “नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि छलफल हुने कार्यक्रम तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे