
काठमाडौं — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएपछि उनले जेनजी पुस्तासँगको छलफलपछि मन्त्री चयनको प्रक्रिया अघि बढाएकी हुन्।
राजनीतिक दलबाहिरबाट मन्त्री बनाउने तयारी छ। कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद् विस्तार आइतबार नै हुने सम्भावना छ।
राष्ट्रपति पौडेलले जेनजीको मागअनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। शपथपछि कार्कीको सिफारिसमा संसद् विघटन गरी फागुन २१ गते चुनावको घोषणा गरिएको हो।
जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे