
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज नियुक्त गरिने मन्त्रीको शपथ अपराह्न तीन बजेको लागि तोकिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए ।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसबखत ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका थिए ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल जारी नै छ । अहिले पनि बालुवाटारमा छलफल जारी रहेको बताईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सनिबार भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको थियो ।
आज आइतबार प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे