
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । प्रधानमन्त्री भएको झण्डै १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमण जान लागेका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे