
काठमाडौं, भदौ १ – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने भ्रमणमा आइतबार काठमाडौं आए। उनले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो दिए। ओली भदौ ३१ देखि असोज २ सम्म भारत जानेछन्।
भ्रमण मुख्यत: बिहारको बोधगयामा केन्द्रित हुनेछ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेका थिए। ओलीले त्यहाँ मोदी, बिहारका मुख्यमन्त्री नितीश कुमार र अन्य अधिकारीसँग भेट गर्नेछन्। उनले नालन्दा विश्वविद्यालय पनि भ्रमण गर्ने छन्, जहाँ उनलाई मानार्थ उपाधि दिइन सक्ने सम्भावना छ।
प्रधानमन्त्री मोदीले ओलीको सम्मानमा दिवाभोज दिनेछन्, साथै दुवै नेताबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता र पत्रकार सम्मेलन हुनेछ। मिस्रीले नेपालका नेताहरूसँग पनि भेट गरी नेपाल–भारत साझेदारी, पूर्वाधार र विकास सहयोगबारे छलफल गर्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे