
काठमाडौँ , २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
आज बालुवाटारमा भएको प्रमुख ३ दलका नेताबीच छलफलमा क्रममा भएको भेटमा उनले जन्मदिनको शुभकामना दिएका हुन् । जसको तस्बिर ओली आफैले सामाजिक सञ्जालमा राखेका छन्।
उनले लेखेका छन् , “आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे