
काठमाडौ , १२ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोबाट सतर्कता अपनाउन सबैलाई आग्रह गरेका हुन् ।
भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैले सुरक्षा सतर्कता अपनाउन , अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा नगर्न उनले अनुरोध गरेका छन् । आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी बाढीपहिरोको बारेमा जानकारी लिएको साथै गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई उद्धार तथा राहत सामग्री वितरणमा खटाइएको जानकारी दिएको उनले ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे