
काठमाडौं, साउन १८। प्रधानमन्त्री केपी शर्मा ओली आज राति ११स्५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाँदै छन्। उनी साउन २० देखि २३ गतेसम्म ९अगस्ट ५–८० तुर्कमेनिस्तानको अवाजा सहरमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदै हुनुहुन्छ। सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित भूपरिवेष्टित राष्ट्रहरूको तर्फबाट सम्बोधन गर्नुका साथै उच्चस्तरीय छलफलहरूमा सहभागी हुनेछन्।
यो सम्मेलनमा अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। यी मुलुकहरू समुद्रबाट टाढा भएकाले व्यापार, यातायात र पूर्वाधारमा धेरै चुनौती भोगिरहेका छन्। सम्मेलनमा यस्ता समस्या समाधान गर्न नयाँ उपाय, लगानी, र सहकार्यबारे छलफल हुनेछ।
प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, चिकित्सक, सरकारी अधिकारी, सुरक्षाकर्मी र मिडियाकर्मीहरूको टोली पनि साथमा छ। भ्रमणअघि ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर भ्रमणको जानकारी गराएका थिए। उनी साउन २३ गते राति नेपाल फर्कने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे