
काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरीको सोनमा जाँदैछन्। उनी त्यहाँ नयाँ कालोपत्रे सडक निर्माणको शिलान्यास गर्नेछन्। कार्यक्रम दिउँसो १ बजे हुने पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जनाएका छन्।
यो सडक मधेश प्रदेश सरकार र विश्व बैंकको ऋण सहयोगमा बन्न लागेको हो। हुलाकी राजमार्ग अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिनेछ।
परियोजना २०८३ चैत ११ गतेभित्र सक्नुपर्नेछ। कुल बजेट ३४ करोडभन्दा बढी भए पनि ठेक्कामा ‘ढुकुछु निर्माण कम्पनी’सँग १९ करोड ७ लाख रुपैयाँमा सम्झौता भएको छ। यो योजना अन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तह पक्की सडक सञ्जालसँग जोडिने छन्, जसले यातायात र विकासमा सहयोग पुर्याउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे