
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटका क्रममा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिको विषयमा आपत्ति जनाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले लिपुलेक नेपाली भूमि भएकाले यसबारे नेपालसँग परामर्शबिना निर्णय हुनु अस्वीकार्य भएको स्पष्ट पारेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले चीनसँग यस मामिलामा सहयोगको अपेक्षा रहेको बताएका छन्। उनले सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका सबै भूभाग नेपालकै रहेको पुनः स्मरण गराएका थिए।
राष्ट्रपति सीसँगको भेटमा दुई देशबीचको मित्रता, आपसी सहकार्य र अगाडि बढ्न संयन्त्रहरूलाई सक्रिय बनाउने समझदारी पनि भएको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे