
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय गायिका इन्दिरा गोले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै स्व. गोलेप्रति सम्मान प्रकट गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “नेपाली लोकसंगीतमा विशेषगरी तामाङ सेलो काठमाडौं उपत्यका वरपर निकै लोकप्रिय छ। यही क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका इन्दिरा गोले गुरुङको निधनको खबरले म दुःखी छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र सम्पूर्ण लोकसंगीत प्रेमीहरूमा समवेदना व्यक्त गर्दछु।”
क्यान्सर रोगबाट पीडित गायिका गोलेको निधन बुधबार ५८ वर्षको उमेरमा भएको हो। उहाँले नेपाली लोकसंगीतमा विशेष योगदान पुर्याउनु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे