
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकेका छन्। बैठक बालुवाटारमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, केही नियुक्ति र बढुवा सम्बन्धी निर्णयहरूबारे छलफल हुनेछ।
प्रधानमन्त्री ओली असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका थिए र हालै शुक्रबार स्वदेश फर्किएका हुन्।
सो बैठकअघि प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। उनले हालैको स्पेन भ्रमण र ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे