
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज तीन मन्त्री थपिँदै छन्। आइतबार कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीले सानो मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्ने तयारी भएको हो।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइनेछ। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा मन्त्रालयको सम्भावित नेतृत्वका रुपमा रहेका छन्। उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा पदमुक्त भएका थिए।
त्यस्तै, कानुन व्यवसायी ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाइने बताइएको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज बिहान ११:३० बजेका लागि तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे