
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । प्रधानमन्त्री कार्कीले भोलि दिउँसो ४ बजे एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका असंयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता गरेका थिए । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका छन्। उनीहरूबीच बिहान १० बजे भेटवार्ता भएको थियो । भेटपछि मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु जानेछन् भने त्यसपछि दिउँसो १२ बजे प्रचण्डसँग भेट गर्नेछन्। स्रोतका अनुसार मन्त्री खरेलले नेताहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन आग्रह गरेका छन्। पछिल्लो समय खरेलको सक्रिय भेटघाटलाई निर्वाचन तयारीसँग जोडेर हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे