
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने चुनावबारे छलफल गर्न आज सर्वपक्षीय बैठक बोलाएकी छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुनेछ।
यस बैठकमा सरकारका प्रतिनिधि, पाँच प्रमुख दल—नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपा—सहित निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्।
आगामी चुनावलाई सहज र सफल बनाउन सरकारले सरोकारवाला सबै पक्षसँग निरन्तर कुरा गर्दै आएको छ। आजको बैठकमा जेनजीका प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचनसम्बन्धी कार्यालयका अधिकारीहरू पनि सहभागी हुनेछन्।
बैठकको मुख्य उद्देश्य आगामी निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र समन्वयबारे साझा निर्णय गर्नु रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे