
काठमाडौँ । आज बिहान प्रधानमन्त्री सुशीला कार्की तिलगंगा आँखा अस्पताल पुगेर प्रसिद्ध नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसँग भेट गरिन्। भेटको क्रममा प्रधानमन्त्री कार्कीले हालको विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गरिरहेकाले सहयोग गर्न आग्रह गरेकी थिइन्।
प्रधानमन्त्रीले डा. रुइतलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेकी थिइन्। तर डा. रुइतले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए पनि मन्त्री बन्ने प्रस्ताव स्वीकार गर्न नसक्ने बताएका छन्।
यसबीच, प्रधानमन्त्री कार्कीको नेतृत्वमा हालसम्म चार सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे