
काठमाडौँ २५ असार | फरक जन्म मिति भएको भन्दै परेको उजुरीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ पठाएका छन्। कर्णबहादुर मल्लले प्रधानमन्त्री देउवाको जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिएका थिए। मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।
देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो तर उनले २ बजे अगाडि नै जवाफ कार्यालयमा दर्ता गराएका छन् ।उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे