
काठमाडौँ , ३० साउन | प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् । आज कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लागन पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
सभापति देउवाले भने ‘जनताभन्दा ठूलो अरु कोही छैन । जनताको विश्वास लिन जनतामाझ जानुहोस् ।”सिंहदरबार गाउँमा लिएर आयौं भन्छौं तर जनताले हामीले केहि पाएनौं भन्न थालिसकेका छन् ‘” उनले भने।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे