
काठमाडौँ, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को ‘विशेष’ बैठक बोलाएका छन् । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक आहवान गरेका हुन् ।
युद्धपछि विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको उद्धार, राहतलगायत विषयमा निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।उक्त द्वन्द्वमा १० नेपाली विद्यार्थीहरुको मुत्यु भएको छ । शनिबार इजरायलको गाजामा हमासले गरेको आक्रमणमा अहिलेसम्म ७५० इजरायली र ४५० प्यालेस्टाइनीको मुत्यु भएको छ ।
प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे