
काठमाडौँ, साउन १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ, अब नयाँ मूल्य १५९ रुपैयाँ भएको छ। तर डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्याइएको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने अन्तरराष्ट्रिय हवाई इन्धन अमेरिकी डलर २१ ले बढाइएको छ। हवाई इन्धनको नयाँ मूल्य १२८ रुपैयाँ निर्धारण गरिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने जस्ताको तस्तै राखिएको छ।
निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे