
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।
यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।
यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे