
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन भएका डा. लेखजंग थापासँग आज तय गरिएको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरिएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले पत्रकारहरूलाई दिइएको जानकारी अनुसार, थापासँगको अन्तरक्रिया कार्यक्रम आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने भनिएको थियो। तर, विशेष कारण देखाउँदै कार्यक्रम अर्को मितिमा सारिएको जनाइएको छ।
डा. थापा उम्मेदवार घोषणा भएलगत्तै बहुविवाह गरेको र पार्टी बैठकमा ‘जासुसी चस्मा’ प्रयोग गरेर भिडियो खिचेको आरोपका कारण विवादमा तानिएका छन्। यही विवादले चर्किंदै गएपछि सोमबारको लागि तय गरिएको पत्रकार सम्मेलन अन्तिम समयमा आएर स्थगित गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे