
काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा दिएको सन्देशमा नेपालको संविधानले सबै प्रकारका विभेद र अन्याय अन्त्य गरी सबैलाई समेट्ने राष्ट्रिय एकता कायम गरेको बताएका छन्। उनले संविधानले समाजवादतर्फ उन्मुख अर्थतन्त्र, समान अवसर र सामाजिक सुरक्षाको ग्यारेन्टी दिएको उल्लेख गरे। राष्ट्रपति पौडेलले देशमा रहेका जातीय, भाषिक र सांस्कृतिक विविधता संविधानले सम्मान र संरक्षण गरेको बताए।
संविधान व्यवहारमा लागू गर्न सबैले इमान्दारीपूर्वक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। उनले नेपालको जलस्रोत र ऊर्जा राम्रोसँग प्रयोग गर्न सके देश छिट्टै समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै, गणतन्त्र स्थापनाका लागि ज्यान बलिदान दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। साथै, लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने नेता, कार्यकर्ता र आमनागरिकको योगदानको प्रशंसा गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे