
राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छराष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरका अवसरमा शुभकामना दिएकी हुन् ।
सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीको बिश्वास रहेको छ छ ।आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख छ ।त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे