
काठमाडौ,२६ असार |राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त दिनुभएको छ ।
बकर इदको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो ।
शुभकामना सन्देशमा उहाँले भन्नुभयो “‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे