
काठमाडौँ , ६ वैशाख | राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
पेटमा समस्या आएपछि गत चैत १८ गते उनलाई पहिलो पटक त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । त्यसपछि जाँच गर्दा उनको छातिमा समस्या भएको पाइएको थियो ।
राष्ट्रपति पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे