
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व द्दण्डद्द को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ। विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी र अन्य समुदायका महिलाहरूले यो पर्व आफ्ना सन्तान र परिवारको दीर्घायु, स्वास्थ्य र सफलता कामना गर्दै भगवान जिमुतवाहनको पूजा गरी मनाउँछन्।
अष्टमीका दिन महिलाहरू कठोर व्रत बस्दै, आत्मा र शरीर शुद्ध पार्ने परम्परा छ। राष्ट्रपतिले विविधतायुक्त नेपाली समाजमा यस्ता मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता, महिला सम्मान र संस्कृतिको जगेर्नामा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले जितिया पर्वले सबैमा सुख, शान्ति, समृद्धि ल्याओस् र नेपाली समाजमा सहिष्णुता र एकताको भावना अझ बलियो होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे