
काठमाडौँ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। कार्यक्रम स्थलमा राष्ट्रपति पौडेल पुग्दा नेपाली सेनाको टोलीले सम्मानस्वरूप सलामी दिएको थियो। सिंहदरबारको पश्चिमद्वार अगाडि आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्की पनि सहभागी भइ पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरिन्।
हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिन राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ। यस अवसरमा आयोजना गरिएको विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे